2020-03-01

गोल्डेनपिकबाट डोको रिसायक्लर्स भ्रमण गर्दा


गोल्डेनपिकबाट डोको रिसायक्लर्स भ्रमण गर्दा

काठमाडौं सरस्वतिनगर चावहिल अवस्थीत गोल्डेन पिक हाइस्कुलमा भिन्न परियोजनाहरु भइरहेका हुन्छन् जस मध्ये मेरो कक्षाको नेतृत्वमा भएको 3R परियोजना हो । यो परियोजनाले हामीलाई दैनिक रुपमा हामीले उत्पादन गर्ने फोहोरहरुलाई कसरी छुट्याउने साथै त्यसलाई कसरी पुनःप्रयोग गर्ने, प्रयोग घटाउने र रिसाइकल गर्ने भन्ने ज्ञान दिलाउने हो । यसै अन्तर्गत हाम्रो विद्यालयमा फोहोर लिन आउने डोको रिसायक्लर्स कम्पनीमा भ्रमण जाने कुरा चल्यो।


काठमाडौँमा फ्यलिएको फोहोरको थुप्रोले हामीलाई दैनिक, हाम्रो समाज, वातावरण, अर्थव्यवस्था र भविष्यलाई कसरी माटोमा मिलाई राखेका छौँ भनेर सम्झाँउछ । यसै फोहोरहरुको बारेमा जान्ने र अझैँ बुझ्ने क्रममा हामी गोल्डेनपिक हाइस्कुलका कक्षा ८का विद्यार्थीहरु डोको रिसायक्लर्स कहा ँपुग्यौँ ।


डोको रिसाइक्लर्सको मोडल; रिसाइकल हुन सक्नेः कागज, बोतलहरु र स्क्र्याप मेटलका भागहरु जस्ता किन्ने र बेच्ने संस्कृतिमा आधारित रहेछ । जब हामी त्यहाँ पुग्यौँ हामीले सबै फोहोरहरु संगठित रुपमा भेलाभएको देख्न पायौँ । सबै फोहोरहरुको आफ्नै अलग–अलग समूह रहेछ । हामी त्यहाँ पुग्ने बितिकै डोको रिसायक्लर्सका वरिष्ठ सञ्चार अधिकृत अर्पन आचार्य ज्यूले हामीलाई दुई समूहमा छुट्टाउनु भयो र हाम्रो समूहलाई पहिलाफोहोरको अवस्थाबारे धेरै जानकारी दिनुभयो । उहाँहरुको अनुसन्धानअनुसार काठमाडौँमा मात्रै वर्षको १७००० टन फोहोर हाम्रो घरबाट बाहिरिन्छ । रिसाकलर्सहरुको अनुसार फोहोरका धेरै प्रकारहरु हुन्छन् र ती एउटा प्रकारको फोहोरलाई अर्को प्रकारसँग फ्याँक्नु हुदैँन । फोहोर छुट्याउनुनै सबैभन्दाठूलो र महत्वपूर्ण चरण रहेछ । उहाँहरुको भनाइ अनुसार हाम्रो काठमाडौँ भरि जम्मा २५०० जना फोहोर टिप्ने छन् र जम्मा १३००० जना साईकलमा कागज बोतललिने छन् । त्यहीभएर डोको रिसायक्लर्सको उदेश्य फोहोरलाई ठिक ठाउँमा कसैलाई हानी नगरीकन डिस्पोज गर्नुनैहो । त्यहाँ पुगेपछि त हामी सबै जनालाई फाहोर फ्याँक्नु कति हानीकारक रहेछ भन्ने कुरा राम्ररी थाहा भयो । उहाँहरुको अनुसन्धान अनुसार १७००० टन इलेक्ट्रोनिकफोहोर प्रत्येक वर्ष हाम्रो घरबाट निस्कने गर्दछ । प्लास्टिकको बेफाइदा पनि हामीले सुन्न पायौँ । एउटा प्लास्टिकको झोलाकुहिन २०० देखि १००० वर्षलाग्दो रहेछ । यसको कुहिने क्रममा माटोले काम गर्ने प्रणाली बिग्रदो रहेछ । हामीले ९घच्० परियोजना अनुरुप फोहोर सम्बन्धी जानकारी हासिल गर्ने गरिहेका छौं । तीनआर भन्नाले एउटा ः फेरि प्रयोग गर्ने, दोस्रो ः थोरै प्रयोग गर्ने, तेस्रो ः नयाँबनाएर प्रयोग गर्ने ।


फोहोर भनेको सबै तरिकाले नचाहिने कुराहरु हैनन् ती सामानहरुलाई हामीले नयाँ आकार, आकृति दियौँ र चिटिक्कको बनायौँ भने त्यो सामान अवश्य फाहोर होइन । यही काम डोको रिसायकलर्सको टोलीले गर्नुहुदो रहेछ । उहाँहरु साच्चिकै विश्वास गर्नुहुन्छ कि फोहोर छुट्याउने साधारण कार्यले ल्याण्डफिल प्रयोगलाई घटाउन सक्छ । त्यहाँ फरक खालका फोहोरलाई फरक कोठाहरु थिए। त्यहाँ एउटा कोठामा त झन् सिसाका फुटेका बोतलहरुले बनाइएको राम्रा– राम्रा ग्लासहरु थिए ।


हामीलाई ती कलाहरु धेरै राम्रो लाग्यो । त्यसपछि प्राजेक्ट लिडर; दर्शना सिहले हामीलाई एलेक्ट्रोनिक बकेटबारे धेरै जानकारी दिनु भयो । त्यसको प्रयोग गयौँ भने हामी सबै जनाले हाम्रो ठाउँलाई हानी कारक धुवाहरुबाट बचाउन सक्दोशहेछ ।


हामीले ब्रिटिश काउन्सिलको आइएसए प्रोजेक्टअन्तर्गत प्रयोगात्मक कक्षाको लागि भक्तपुरको पुगेका थियौ जस परियोजनामा भारतको हाम्रो साझेदारी विद्यालय प्रज्ञान स्कुलसँग मिलेर काम गरेका थियौँ । यस भ्रमणले मलाई डोकोको बारेमा अरु पनि जानकारी पाउनका साथै फोहोर व्यवस्थापनमा काम गर्न अझैँ उक्साएको छ र मलाई उहाँहरुको यो लक्ष्य उत्कृष्ट लाग्यो ।


आकृति चालिसे
कक्षा ः ८
गोल्डेन पिक हाइस्कुल